कभर स्टोरी

गोर्खाली लोकगायक पृथ्वी गुरुङको नयाँ चुड्का गीत ‘गुदरी तानेर …’ सार्वजनिक (भिडियो)

काठमाण्डौ । चुड्का र सालैजो गायनमा लोकप्रिय गोर्खाली लोकगायक पृथ्वी गुरुङको स्वरमा नयाँ चुड्का गीत ‘गुदरी तानेर …’ सार्वजनकि भएको छ । विशेष गरेर तनहुँको भानु नगरपालिका १२ को अर्चले गाउँको चर्चा गर्दै बनाएको चुड्का गीत शनिबार साँझ सार्वजनिक भएको हो ।

सार्थक डिजिटलको अफिसियल युट्युब च्यानल सार्थक डिजिटलबाट सार्वजनिक गरिएको गीतमा मुख्य पुरुष स्वर लोकगायक पृथ्वी गुरुङले दिएका छन् भने महिला स्वरमा लोकगायीका ममता गुरुङले स्वर दिएकी छिन् ।

गीतमा शब्द संगीत गायक पृथ्वी गुरुङ आफ्नैको रहेको छ भने म्युजिक एरेन्ज दुर्गा गुरुङले गरेका छन् । गीतमा पबिन गुरुङ, तेजेन दुरा, रुपी सिंजाली र प्रेमा थापा मगरले कोरस स्वर दिएका छन् भने गीतको म्युजिक भिडियोमा पबिन गुरुङ, मोहन गुरुङ, रबिन गुरुङ, आयुस्मा गुरुङ र कुसुम गुरुङले अभिनय गरेका छन् ।

यस्ती गीतको भिडियोमा निर्देशन र कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् ।