गोरखा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पुनः सुर्य बहादुर गुरुङ निर्वाचित भएको छ । संघको शनिबार गोरखामा सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनले अध्यक्षमा पुनः गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
गुरुङको नेतृत्वमा निर्वाचित २३ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सुशिल तमु, द्दितीय उपाध्यक्षमा लक्ष्मण तमु, सचिवमा सिमा तमु र कोषाध्यक्षमा चन्दु कुमारी तमु सर्वसम्मत निर्वाचित भएका छन भने सहसचिवमा अमर बहादुर तमु र सहकोषाधक्षमा बुद्धमाया तमु निर्वाचित भएको छ ।

यसैगरी सदस्यहरुमा सुशीला तमु, बुद्धमाया तमु, संगीता तमु, कुशमाया तमु, पृतमान तमु, मिन बहादुर तमु, चारमाया तमु, विक्रम तमु, चन्द्रमान तमु, जित बहादुर तमु, सोम बहादुर तमु, प्रतिमा तमु, शुलभ तमु, सन्त बहादुर तमु र मिन बहादुर तमु रहेका छन ।
यसैबीच शनिबार नै सम्पन्न तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति गोरखाको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः रीना तमु नै दोहोरिएको छ भने उपाध्यक्षमा पछि मनोनीत गर्नेगरी हाललाई उपाध्यक्ष पद खाली रहेको छ । यस्तै सचिवमा सम्झना तमु, कोषाध्यक्षमा सरिता तमु चयन भएको छ भने सदस्यहरुमा अस्मिना तमु, ज्योति तमु, धनमति तमु, बिमाया तमु, विमला तमु, कान्छीमाया तमु, कुमारी तमु र सुनिता तमु रहेका छन ।

यसरी सम्पन्न तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति गोरखा तथा जिल्ला महिला कार्यसमिति गोरखाको छैटौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनमा प्रमुख अतिथि संघीय सांसद एलिजा तमु, विशिष्ट अतिथिको रुपमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिबाट वरिष्ठ उपाध्यक्ष एकजंग प्ल्हें तमु र केन्द्रीय सल्लाहकार संयोजक हितकाजी टुक्ल्हेप्री तमु अतिथिमा सचिव बम बहादुर टुक्ल्हेप्री तमु, केन्द्रीय सचिवालय सदस्य एवं प्रचारप्रसार विभागका मिलन क्रोम्छें तमु र जिल्ला समिति कास्कीका अध्यक्ष निम बहादुर प्हच्यु तमुको उपस्थिति रहेको थियो ।





