पोखरा। नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानलाक्षर्् तमु धिं नेपालले बधाई साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। तमु धिं नेपाल केन्द्रिय समिति साथै केन्द्रिय आमा समिती,केन्द्रिय युवा समिती,तमु धिं कास्की जिल्ला समिति र तमु बिद्यार्थी समितिले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बधाई,शुभकामना साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
पोखरा बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने, उपकुलपति शंकर बिरही गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठसहित प्राज्ञहरुलाई भाङ्ग्रा, फेटा, क्रमुसहित खादाद्धारा बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले संस्थागत बधाईसहित गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य, समन्वयका विभिन्न विषयमा धारणा राख्नुभएको थियो। यसरी नै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले गण्डकीलाई भाषा, साहित्य, सँस्कृति, कला लगायत प्राज्ञिक हिसावले सम्मुनत बनाउन सबैको अनुभव साथै सहकार्यमा प्र्रतिष्ठान जुट्ने बताउनुभयो।
कार्यक्रममा कुलपति न्यौपानेले गण्डकी प्रदेशमा गुरुङ भाषाको शब्दकोष निर्माण तथा प्रकाशन, युवा लक्षित भातृभाषा कक्षा सञ्चालन, युवा लक्षित मौलिक बाजा प्रशिक्षण, गुरुङ समुदायको सँस्कृति संरक्षण, गुरुङ साँस्कृतिक संग्रहालय निर्माणमा पहल गरिने योजना रहेको बताउनुभयो। यसरी नै गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा गुरुङ भाषाको प्रभावकारी कार्यन्वयनका लागि आवाश्यक भाषिक पूर्वाधार, जनशक्ति र प्राज्ञिक सामाग्री निर्माण गर्ने बताउनुभयो।
यसै गरी पोखरा घरस्थित पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वति प्रतिक्षा,उपकुलपति तिलक पुर्जा पुन,सदस्य सचिव जीवन दाहाल, प्रज्ञा परिषद सदस्यहरु र प्राज्ञ सदस्यहरुलाई बधाई तथा सम्मान गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पोखरालाई साँस्कृतिक शहर साथै पर्यटन प्रवद्र्धनका लागि साँस्कृतिक ग्राम आवाश्यक रहेको बताउनुभयो। उहाँले पोखरा प्रज्ञा परिषदसँग प्राज्ञिक एवम सुसंस्कृत शहर विकास गर्न तमु धिं नेपाल लगायत पोखरेली तमु समुदाय सहकार्यका लागि तयार रहेको बताउनुभयो।
पोखरा प्रज्ञा प्रष्ठिानका कुलपति सरस्वती प्रतिक्षाले प्रज्ञा प्रतिष्ठान गठन पश्चात संस्थागत, सामुदायिक, सामुहिक रुपमा तमु धिं नेपाल एवम भातृसंस्थाहरुको बधाई एवम शुभेच्छाहरुले स्मरणीय रहने बताउनुभयो। उहाँले पोखरा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक योजना, कार्यक्रममा पोखरेली तमुहरुको पहिलो स्थान रहने बताउनुभयो। उहाँले तमु समुदायसँग सहकार्य बिना पोखराको समुन्नति अधुरो रहने उहाँको भनाई थियो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको दुवै कार्यक्रमको संचालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।





