ब्यानर

एक महिनाअघि युकेमा निधन भएका धनसिं गुरुङको स्याङ्जामा अन्त्येष्टि

पोखरा । तमुधिँ युकेका पूर्वअध्यक्ष सुवसिं गुरुङका बुवा स्वर्गीय धनसिं गुरुङको अन्त्येष्टि गरिएको छ । एक महिनाअघि बेलायतमा निधन भएका धनसिंको आफ्नै जन्मथलोमा बिहीबार अन्त्येष्टि गरिएको हो ।

गत चैत ९ गते धनसिंहको ९३ वर्षको उमेरमा निधन भएको हो । वैशाख ९ गते नेपाल शव आइपुगेपछि आज अन्त्येष्टि गरिएको हो ।

स्वर्गीय धनसिंहको चाहनाअनुसार जन्मथलो स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा अन्त्येष्टि गरिएको सुवसिंले जानकारी दिए ।

बुधबार धनसिंहको शव नेपाल आइपुगेपछि पोखरा न्युरोडस्थित निवासमा राखिएको थियो । बिहीबार बिहान न्युरोडबाट शव यात्रा सुरु गरी लामा समय पोखरा रामबजारमा गुरुङ मेडिकल सञ्चालन गरिएको स्थान समेत परिक्रमा गरी स्याङ्जा पु¥याइएको थियो ।

शव यात्राका क्रममा रामबजार जेष्ठ नागरिक समाजको तर्फबाट श्रद्धा सुमन अर्पण गरिएको थियो । साथै, विभिन्न चौक चौकमा उपस्थित जनसमुदायले धनसिंप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

संसारको जुनसुकै ठाउँमा आफ्नो निधन भएपनि आफैले निर्माण गरेको बाबुआमाको खेमा धिँसँगै आफ्नो दाहासंस्कार गर्नु भन्ने धनसिंहको इच्छा थियो । उनले सो कुरा प्रकाशोन्मुख आफ्नै जीवनी ‘निरंशी’ लेखेका छन् । सोही इच्छाअनुसार, उनका परिवारले नेपालमा ल्याई दाहासंस्कार गरेको जनाएको छ ।

समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरु, भूपू सैनिकहरु, आमा समूह लगायत ठूलो संख्यामा शवयात्रामा सहभागी थिए ।

धनसिंले तमुहरुको भाषा, धर्म र भेषभूषालाई अत्यन्त महत्व दिँदै आएका थिए । उनका विभिन्न पत्रपत्रिकामा तमू भाषामा कविता, गीत प्रकाशित भएका छन् भने कतिपय गीत रेकर्ड भएका छन् ।