प्रवास

भुम्दीकोट समाज युकेको अध्यक्षमा योगेश

वेलायत । भुम्दिकोट समाज युकेको अध्यक्षमा योगेश गुरुङ चयन भएका छन्। समाजको आठौं अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा मिमकाजी गुरुङ, उपाध्यक्षमा केदार गुरुङ, महासचिवमा कुशल गुरुङ र कोषाध्यक्षमा किरण गुरुङ चयन भएका छन्।

यस्तै गरी सोही समाजको आमा समितिमा मीना गुरुङ, अध्यक्ष सीमा गुरुङ, उपाध्यक्ष गोमा गुरुङ, सचिव र कमला गुरुङ कोषाध्यक्षमा चयन भएका छन्।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने भुम्दी, काब्रे, देउराली, स्वाँरा, चुत्रवाल, चाल्से, चुनरा, डाँडा गाउँलगायतका भुगोलबाट वेलायत आएर बसेकाहरुले स्थापना गरेको यो संस्थामा हाल ४७ घरधुरी आवद्ध छन्।