युके । पर्यटकीय गाउँ ल्वाङले तमू धी युके र सहारा युकेलाई औपचारिक निमन्त्रणा गरेको छ। निम्तो पाएपछि दुवै संस्थाले १३ फेब्रुअरीका दिन ल्वाङ जाने निर्णय गरेको छ।
टोलीले ल्वाङबाट नजिकै देखिने माछापुच्छ्रे, अन्नपूर्ण हिमाल नियाल्दै अन्नपूर्ण चियाबारी, बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर, गुफा, बाराही आधारभूत विद्यालय आदिको भ्रमण गर्नेछ। १४ फेब्रुअरी बिहान ९ बजे सहारा युकेद्वारा सहयोग ल्वाङ भिलेज बोर्डको उद्घाटन हुनेछ। भ्रमणको नेतृत्व भने तमू धीं युकेका मिडिया सेक्रेटरी एसके गुरूङले गर्नेछन्।
तमू धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरूङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो। टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, वुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ।
१ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरूङसँग भेटघाट, २ फेब्रुअरीमा पोखरा प्रस्थान, ३ फेब्रुअरीमा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुने तालिका तय भएको छ।
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुने, ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट, ५ फेब्रुअरीमा सिक्लेस यात्रा, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुनः पोखरा फर्किने छ।
यस्तै ११ फेब्रुअरीमा तमू सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, संस्थागत सम्मान कार्यक्रममा सहभागी हुनेछ। तमू धीं आमा समूह भने स्याङ्जा जाने छ।
१५ फेब्रुअरीमा पोखरा फर्किएर तमू धीं नेपालको टोलीसँग भेटघाट, पोखरा म्याराथन, च्यार भन्ज्याङ तमू समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ।
यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमू धीं युकेका मिडिया सेक्रेटरी एसके गुरूङले जानकारी दिए।