ब्यानर

गुरुङ साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष गौरी तमुलाई पितृशोक

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष गौरी तमुलाई पितृशोक परेको छ । शिक्षिकासमेत रहेकी तमुका पिता टेकबहादुर गुरुङको ७७ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो ।

टेकबहादुरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको गुरुङ साहित्यिक मञ्च नेपालकी उपाध्यक्ष तथा सञ्चारकर्मी रोशनी गुरुङले जानकारी गराएकी छन् ।

टेकबहादुर गत वर्षदेखि मिर्गौलामा समस्या देखिएपछि पेरिटोनियल डायलाइसिस गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि अचानक स्वास्थ्य समस्या देखिएपछि मणिपाल हस्पिटलमा भर्ना गरिएको थियो ।

गुरूङको शव मणिपाल अस्पतालमै रहेक‍ो र सोमबार उनकै निवास गैंडाकोट ४ खयरटाडीमा गुरूङ  परम्परा अनुसार अन्त्येष्टि गरिने छ‍ोरी गौरी तमूूले जानकारी गराइन ।