ब्यानर

तमु सांस्कृतिक प्रतिष्ठानले लियो छात्रवृत्तिका लागि परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्या

लयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि शनिबार पोखरामा ‘छात्रवृत्ति छनौट परीक्षा’ सम्पन्न गरेको छ ।

शैक्षिक सत्र २०८१ को लागि प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षामा कास्की, स्याङ्जा, पर्वत र लमजुङ पश्चिमी भेगका ५३ जना विद्यार्थीहरु सहभागी थिए ।

लिखित र मौखिक परीक्षा लिएर मूल्यांकन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षाका संयोजक श्रीजङ तमु र सदस्य लोकबहादुर तमुले संस्था, कार्यक्रम र परीक्षाको बारेमा प्रकाश पारेका थिए ।

यसरी विभिन्न जिल्लामा परीक्षा संचालन गरी यस वर्षका लागि ८३ जना विद्यार्थीहरु छनौट गर्ने जानकारी संयोजक तमुले दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गरेका थिए ।

जेठ १५ गते लमजुङ, गोर्खा र तनहुँमा छात्रवृत्तिका लागि परीक्षा हुँदैछ भने जेठ १९ गते चितवन र नवलपरासीमा परीक्षा हुने कार्यक्रम रहेको छ ।