समाचार

पर्जु तमू छोंज धीं नेपालको टिम म्याग्दी थाम डाँडामा

म्याग्दी । विभिन्न क्षेत्रमा बसोबास गरि रहनु भएका पर्जुहरुलाई संगठित गरेर आपसी सहयोग र आत्मियता बढाई विभिन्न क्रियाकलापहरुमा सहभागिता गराई युवा पुस्तालाई आफ्नो संस्कार संस्कृति बारे जानकारी दिने, वंशावली संकलन र अभिलेखीकरणको उद्दे्श्यले संगठित पर्जु तमू छोंज धीं नेपालका अध्यक्ष मेजर बल बहादुर गुरुङको टिमले म्याग्दी ,बेनी नगरपालिका ४ थाम डाँडा निवासी पर्जु परिवार संग परिचय र संक्षिप्त अन्तरक्रिय कार्यक्रम समपन्न गरेको छ।कार्यक्रममा विविध विषयहरुमा अनुभवका कुरा आदान प्रदान गरिएको थियो।

पर्जु तमू छोंज धी नेपालका अध्यक्ष ,मेजर बल बहादुर गुरुङले नेतृत्व गरि रहनु भएको टिममा,सचिब सुबेदार ईन्द्र बाहदुर गुरुङ,,कोषाध्यक्ष धन बहादुर तमू, सल्लाहकार ई सुब्बा गुरुङ सदस्य यु बहादुर र नानु गुरुङ हुनुहुन्थ्यो। सल्लाहकार ई सुब्ब गुरुङले प्रस्तावित विधान र लोगोको बारेमा जानकारी दिनु भएको थियो भने अध्यक्ष मे बल बहादुरले संस्थाको विधान ,नामावली संकलन फर्म र पत्राचारको लागी नमुना फार्म थाम डाँडा पर्जु परिवारका अध्यक्ष नर सिं गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रम मे बल बहादुर गुरुङको संयोजकत्वमा भएको थियो। अध्यक्ष गुरुङले पर्जु परिवार थाम डाँडाद्वार निर्माणाधिन कुल घरको लागी ईकाईहरु संग छलफल गरि धेरै ठुलो होईन केही रकम सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो। पर्जु तमु छोंज धीं नेपालका सचिव सु ईन्द्र बहादुर गुरुङले संस्थाको ऊद्देश्य माथी प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो।