समाचार

तमू धींद्वारा कुलपति प्राध्यापक डा. गणेशमान गुरुङ पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका कुलपति प्राध्यापक डा। गणेशमान गुरुङ एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहित भांग्रा, फेटा, खादा र प्रमाणपत्र सहित पुरस्कृत हुनुभएको छ । शैक्षिक क्षेत्रमा विशेष योेगदान पु¥याउनुभएमा पुर्व क्याम्पस चिफ तमु धिंको सल्लाहकार प्रमुख स्वर्गिय डा. गणेश वहादुरको स्मृति कोषबाट उहाँ पुरस्कृत हुनुभएको हो ।

शनिबार पोखरा तमु धिंमा भएको तमु धिं नेपालको ४० औ स्थापना दिवसको अवसरमा स्व. गणेश बहादुर गुरुङ स्मृति शैक्षिक सम्मान अर्पण तथा बधाई कार्यक्रममा गुरुङलाई स्वर्गीय गुरुङको परिवार, संथाका संथापक अध्यक्ष कर्म तमु, हुम बहादुर तमु, र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लगायतले समग्रह रुपमा सम्मान गर्नुभएको थियो । पुरस्कृत गुरुङका बारे तमु धिंका शिक्षा विभाग संयोजक श्रीजङ गुरुङले परिचय दिनुभएको थियो । उक्त अवसरमा मन्त्री अधिकारीले तमु सामुदायहरुको थाकथलो क्होलासोथरलाई अन्तर्राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशका नव निर्बाचित मन्त्रीहरु खकराज अधिकारी, हरी बहादुर चुमान, बेद बहादुर गुरुङ, सिता सुनदास र राजिव गुरुङलाई तमुधिंका अध्यक्ष हुम बहादुर तमु सहितका समुहले खादा, फेटा, भांग्रा र घलेक लगाएर बधाई ज्ञापन गर्नुभएको थियो । अध्यक्ष हुम बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तमु धिंका वरिष्ठ उपाधयक्ष सुब्दार मेजर, श्रीप्रसाद गुरुङले राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो ।

दिवसको अवसरमा पोखरा ९ स्थित शान्ति वनबाटिकामा सरसफाइ गरेको थियो भने, तमु युवासंघको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा ७९ युनित रगत संकलन भएको छ ।