गीत–संगीत

परदेशी भुमीबाटै गीतसंगीतमा रमाउदै गोर्खाली सर्जक सुवास गुरुङ, सार्वजनिक गरे गाउँ चिनारी गीत ‘शिरशिर बतास…’

गोरखा । परदेशी भूमीमा रहेरै गीत संगीतमा रमाउदै आएका गोरखा गण्डकी गाउँपालिका निवासी गोर्खाली सर्जक सुवास गुरुङले आफ्नै गाउँ ठाउँ चिनाउने गरी ‘शिरशिर बतास…’ सार्वजनिक गरेका छन् । गण्डकी गाउँपालिकाको ताङलीचोक, भुम्लिचोक लगायतको स्थानहरु चिनाउने गरी निर्माण गरिएको गीत एक महिना अघि मिठु राना नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकगायक सुवास गुरुङ आफैले गाएको गीतमा चर्चित लोकदोहोरी गायीका माया गुरुङले महिला स्वरमा साथ दिएकी छिन् । गीतको शब्द गायक गुरुङ आफैले लेखेका हुन् भने संगीत झम सारु मगरले गरेका छन् ।

यस्तै गीतको म्युजिक भिडियोमा चर्चित लोकदोहोरी गायक श्याम राना, मुना गुरुङ र सुस्मिता आलेले अभिनय गरेका छन् ।