ब्यानर

तमु ह्युल गुल्मीको अध्यक्षमा पुनः विक्रमसिंह गुरुङ

काठमाडौं । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गुल्मीको चौथो अधिवेशनले विक्रमसिंह गुरुङको नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

पर्यटकीय स्थल चन्द्रकोट गाउँपालिका वडा नं. ६, अर्जेवामा शनिवार सम्पन्न भएको अधिवेसनबाट उपाध्यक्ष राजेश गुरुङ, सचिवमा आशिष गुरुङ, कोषाध्यक्ष भुमा गुरुङ, संगठन सचिवमा राजु गुरुङ, प्रचार सचिवमा वीरबहादुर गुरुङ र सहकोषाध्यक्षमा वीरवल गुरुङ चयन भएका छन् ।

ह्युलको केन्द्रीय उपाध्यक्ष आरबी गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेसनले २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।