ब्यानर

समाजसेवी पुनम गुरुङलाई तमु ह्युलको स्वागत र सम्मान

काठमाडौं । तमु धि युके आमा समूहका संस्थापक अध्यक्षसमेत रहेका बेलायतमा विशिष्ट उपलव्धीमुलक काम गर्दै आएकी पुनम गुरुङलाई गुरुङहरुको छाता संस्था तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले काठमाडौंमा स्वागत र सम्मान गरेको छ ।

ह्युलको केन्द्रीय कार्यालय गोंगबुमा शनिवार बिहान ह्युलले एक कार्यक्रम गरी स्वागत गर्दै सम्मान गरेको हो ।

पुनमले बेलायतमा पुगेर गुरुङको मात्र नभएर सिंगो नेपाली महिलाको शीर उचो पार्ने काम गरेको भन्दै प्रशंसा गरिएको थियो ।

ह्यलका सल्लाहकार डा. गणेश गुरुङले बेलायत जस्तो देशमा पुगेर महिलाहरुलाई संगठित गर्ने, गैरआवासीय नेपाली संघको नेतृत्व गर्ने, विभिन्न च्यारिटी कार्यक्रममा अग्रणी भूमिका निर्वाह गरेको भन्दै पुनमको उज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा ह्युलका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वअध्यक्ष रेशम गुरुङ, उपाध्यक्ष भगवती गुरुङ, सचिव देवी गुरुङ लगायत पूर्वजर्नेल रामबहादुर गुरुङ, पूर्वइन्स्पेक्टर क्षेत्र गुरुङ, व्यवसायी लालकाजी गुरुङ, बद्री गुरुङ,  पूर्वमहासचिव धनमान गुरुङले खादा लगाई स्वागत र सम्मान गर्दै उज्वल भविष्यको कामना गरेका थिए ।

कार्यक्रममा पुनमले आफूले सामाजिक सेवाका लागि सक्दो प्रयास गरिरहेको भन्दै सबैको साथ र सहयोगले अघि बढ्न मद्दत मिलेको बताइन् ।