ब्यानर

तमु धिं नेपाल केन्द्रीय आमा समितिबाट सल्लाहकारलाई स्वागत र नयाँवर्षको शुभकामना आदानप्रदान

पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले आफ्नो स्ल्लाहकारलाई स्वागत, नयाँबर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नवनिर्वाचित आमा समितिले मनोनयन गरेको सल्लाहकार हरुलाई खादा लगाएर स्वागत सम्मान , नवबर्षको शुभकामना आदानप्रदानसगैं आमा समितिलाई सुझावसमेत संकलन गरिएको छ।

आमा समितिको अध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्म तमु, तमु धिं अध्यक्ष हुम बहादुर गुरुङ, सल्लाहकार गुरुङहरु मेजर लक्ष्मीप्रसाद गुरुङ, हरिमाया गुरुङ , चित्रबहादुर गुरुङ, गुन्जबहादुर गुरुङ, युगबहादुर गुरुङ, शान्ती गुरुङ, कर्णेलनी पदमशोभा गुरुङ, लक्ष्मी गुरुङ, युवा समिति केन्द्रीय अध्यक्ष रमेश गुरुङ, तमु धिं मानार्थ संरक्षक बिग्नेस थापा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष बिना घले र संचालन महासचिव बालकुमारी गुरुङले गरेका थिए ।