गीत–संगीत

गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन

चितवन । गुरुङ समुदायको भाषा, संस्कार, संस्कृतिको पहिचान बारे समेटेर बनाएको गुरुङ कथानक चलचित्र ‘मार्कली’को चितवनमा भव्य प्रदर्शन भएको छ । शनिबार चितवनको नारायणगढ स्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदशन गरिएको हो ।

चलचित्र ‘मार्कली’ले चितवनमा दर्शकहरुको अपार माया पाएको चलचित्रका चितवन प्रदर्शनका संयोजक तमू कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले जानकारी दिए । चलचित्र प्रदर्शनका लागि चलचित्रका टिमहरु निर्देशक माओत्सेतुङ गुरुङ, बलबहादुर गुरुङ, कलाकारहरु बबिता गुरुङ, प्रतिक्षा गुरुङ लगायत चितवन आएका थिए ।

पाईला फिल्म्स् प्रा. लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘मार्कली’ को निर्देशन माओत्सेतुङ गुरुङ र बल बहादुर गुरुङले गरेका छन् भने राम बहादुर गुरुङ, रक्षा गुरुङ, भिम गुरुङ, राजु गुरुङ, प्रदिप कुमार गुरुङ, बल बहादुर गुरुङ, इश्वर गुरुङ र सुनिता गुरुङ चलचित्रमा निर्माता रहेका छन् ।

यस्तै चलचित्रमा बल बहादुर गुरुङ, गणेशमान घले, अश्मि गुरुङ, बबिता गुरुङ, प्रतिक्षा गुरुङ, अन्जना गुरुङ, रक्षा गुरुङ, अर्चना गुरुङ, सुसन गुरुङ र गोविन्द पोखरेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेका छन् ।