गुरुङ विशेष

ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित

चितवन । ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित हुनुभएको छ । भरतपुरमा शनिबार राति अबेर भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको थियो । महाधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङले संघलाई नवनिर्वाचित अध्यक्ष गुरुङले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराउनुभएकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यवसायिक हक हितका लागि आफूले जुनसुकै काम गर्नको लागि पनि तयार रहेको बताउनुभयो । निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । महाधिवेशनको उद्घाटन नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले गर्नुभएको थियो ।