प्रवास

तमु समाज यूकेले भव्य रुपमा मनायो ल्होछार

लन्डन । तमु समाज यूकेले गुरुङहरुको महान पर्व ल्होछार(ल्होसार ९नयाँ वर्ष० भव्यताका साथ मनाएको छ । विदेशीभूमिमा रहेर पनि सदा झैं उक्त पर्व मनाउनेक्रममा संस्थाले ६ जनवरीमा लन्डन ह्यारो लेजर सेन्टर, ह्यारोमा विशेष कार्यक्रम गरयो ।

समाजले सयौं संख्यामा तमु र अतिथिहरुलाई भेला गराई हि ल्हो (बिरालो) वर्गको बिदाइ र मुप्ह्री ल्हो (गिद्ध वर्ग)को को आगमनस्वरुप ल्होछार–ल्होसार भरपूर मनोरञ्जनात्मकरुपमा मनाएको हो ।

प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका मेयर काउन्सलर वरलेन ह्याल्टेन, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रम विधिवत् उद्घाटन गरेका थिए ।

समारोहमा विशेष अतिथि रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर काउन्सिलर जित रानाभाट, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्य ले। रि। चन्द्र गुरुङ, भूपू गोर्खा संस्थाका प्रमुखहरु, विभिन्न बरोका काउन्सिलरहरु, बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु, पूर्व अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्ष भिम गुरुङ, उपाध्यक्ष बिन्दु घले, आमा समूह अध्यक्ष उमा गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र युवा समूह, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति थियो ।

मेयर ह्यालटोनले गीद्ध वर्गको नयाँ वर्षमा सरिक हुन पाएकोमा खुसी ब्यक्त गरिन् । उनले यसखालको भेलाले सामुदायिक एकता कायम गर्न मद्दत मिल्ने बताइन् ।

तमु धिं यूकेका अध्यक्ष हरि गुरुङले ५ लाखको हाराहारीमा रहेका तमुहरु छुटेर होइन जुटेर आफ्नो संस्कृति जोगाउनतर्फ लाग्नुपर्ने सुझाव दिए ।
शिवकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संयोजक कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको सक्रियतासँगै अति सभ्य र भव्यरुपमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव धरमबल गुरुङले गरेका थिए । उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य तथा संयोजक कमल गुरुङले स्वास्थ्य र सुरक्षाबारे अवगत गराएका थिए ।

समारोहमा तमु समाज यूके सांस्कृतिक समूहबाट गुरुङ नाच देखाइएको थियो । साथै, सो अवसरमा समाजका नयाँ आजीवन सदस्यलाई सम्मान गरियो । सन् २०२२–०२३ मा उच्चशिक्षा हासिल गरेका डा। सोफिया बोहोरा, डा। डीना तामाङ, डा। शील्प गुरुङ ९पिएचडी०, प्रज्जु गुरुङ, जेसन गुरुङ, सन्देश गुरुङ र सुसान गुरुङलाई सम्मान गरिएको हो ।

कार्यक्रममा समाजको मुखपत्र ‘सलि ट’ लोकर्पण गरिनुका साथै उक्त म्यागेजिनका प्रमुख सम्पादक लेख गुरुङ र टिमलाई पनि सम्मान गरिएको थियो ।
तमु समाज यूकेद्वारा निर्माण गरिएको स्वागत भिडियो गीतको पनि सोही अवसरमा रिलिज गरियो । उक्त अवसरमा भिडियो निर्देशक तथा कोरियोग्राफर सरु राना गुरुङ, गीतकार सूर्य गुरुङ र भिडियोग्राफर सुमन श्रेष्ठ सम्मानित भए ।

यसैबीच, समाजका तर्फबाट पूर्व उपाध्यक्ष तथा सल्लाहकार टंकराम गुरुङ र पूर्व महासचिव तथा सल्लाहकार रामचन्द्र गुरुङलाई ‘तमु समाज यूके लाइफटाइम अचिभमेन्ट अवार्ड –२०२४’ द्वारा सम्मान गरिएको थियो ।

सामाजिक कार्यमा उत्कृष्ट योगदान दिएकोमा गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु, समाजसेवी इशा गुरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्चका पूर्व अध्यक्ष कुमार गुरुङ, तमु समाजका धार्मिक संयोजक हरिमान गुरुङ, सल्लाहकार जुमबहादुर गुरुङ, आर्थिक सल्लाहकार लेखनाथ घिमिरे र आजीवन सदस्या गोपाल गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष शिवकुमार गुरुङले ल्होछारको अवसरमा व्यक्तिगत र समाजको तर्फबाट शुभकामना दिए । साथै सम्मानित सबैलाई बधाई तथा अतिथिप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सक्रिय आयोजक टिमलगायत सबैलाई धन्यवाद पनि दिए ।

सांस्कृतिक कार्यक्रम संचालन तमु समाज यूकेका पूर्व कल्चरल सचिव पाते फिल्मकी प्रथम हिरोइन श्रीमती सरू राना÷गुरुङको निर्देशन र कोरियोग्राफीमा र उपाध्यक्ष बिन्दु घलेको सहायतामा समाजका युवा वर्गले अति रोचक शैलीमा सञ्चालन गरेका थिए ।

ल्होछारको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रम भएपनि अरु विभिन्न आकर्षित विद्या समेटेर सम्पन्न भएको उक्त कार्यक्रम तमुहरुको यूकेमा भएको ल्होछार मध्येको एक उत्कृष्ट थियो । कार्यक्रममा गत १ जनवरीमा निधन भएकी चन्द्रदेवी गुरुङको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।