गुरुङ विशेष

न्हान्सी तमू समाज नेपालको प्रथम राष्ट्रिय महाधिवेशन पुस २८ मा पोखरामा हुदै, तयारी पुरा

पोखरा । तमू (गुरुङ) समुदाय भित्रको विभिन्न थरहरु मध्यको एक न्हान्सी तमूहरुको संगठित संस्था न्हान्सी तमू समाज नेपाल केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन पोखरामा हुन गैरहेको छ । पोखरा काजीपोखरी स्थित तनहुँ तमू समाजको भवनमा यहि पुस २८ गते शनिबार समाजको प्रथम राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको न्हान्सी तमू समाज नेपालका अध्यक्ष सुवेदार गणेश बहादुर न्हान्सी तमूले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनमा कास्कीका अलावा, स्याङ्गजा, चितवन, लमजुङ, गोरखा, तनहुँ, धादिङ, काठमाण्डौ, सुनसरी लगायतका जिल्लाबाट करिब २५० जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गरिने पनि उहाँले बताउनुभयो ।