ब्यानर

तमू प्ये ल्हु संघ चितवनद्वारा न्यानो कपडा वितरण

चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनले न्यानो कपडा वितरण गरेको छ । सोमबार जिल्लाको विभिन्न स्थानमा रहेको संस्थाको इकाई समितिमा पुगेर निम्न वर्गीय सदस्य परिवारमा रहेको विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको हो ।

संस्थाले सिद्धिपुर, कठार, खैरेटी र पदमपुर इकाईमा पुगेर न्यानो कपडा वितरण गरेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले बताए । उनका अनुसार संस्थाको कविलास इकाई समितिले सौजन्य स्वरुप न्यानो कपडा जिल्ला समितिलाई उपलब्ध गराईदिएपछि सोही सामाग्री विभिन्न स्थानमा वितरण गरिएको हो ।

न्यानो कपडा वितरणका लागि संस्थाका जिल्ला अध्यक्ष बिक्रम गुरुङ, संगठन सचिव पूर्ण गुरुङ र जिल्ला सदस्य माया गुरुङ पुगेका थिए ।