समाचार

फेदीखोला तमू (गुरुङ) समाजको अध्यक्षमा युगबहादुर

स्याङ्जा । फेदीखोला तमू (गुरुङ) समाजको प्रथम साधारणसभाबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

सबेदार युगबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यकाल तीन वर्षको रहने छ ।

उपाध्यक्षमा लक्ष्मण घले, सचिवमा भीमकुमारी गुरुङ, कोषाध्यक्षमा भीमबहादुर गुरुङ, सहसचिवमा गौतम गुरुङ, सहकोषाध्यक्षमा जुली गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा सरस्वती गुरुङ, यामबहादुर गुरुङ, सुरज गुरुङ, फत्तबहादुर गुरुङ, बेलकुमारी गुरुङ चयन भएका छन् ।

यसपटकको ल्होछार कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरेको छ ।

ग्रहशान्ति पूजा, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमका साथै स्यों कइ खाइ मनाउने तयारी गरेको अध्यक्ष युगबहादुर गुरुङले बताए ।

फेदीखोलामा एक सयभन्दा बढी घर गुरुङको छ । हरेक वर्ष ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ । यसपटकको ल्होछार फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङको प्रमुख आतिथ्यता र वडा नं २ का अध्यक्ष अबिलास गुरुङको विशेष आतिथ्यतामा पुस १५ गते मनाउने आयोजकले जनाएको छ ।