समाचार

ल्होसारको अवसरमा रक्तदान

  • कुमार गुरुङ

बुटवल । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गुरुङ्हरुको महान पर्व पौष पन्ध्र ल्होसार २०८० को अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजना र नेपाल नियमित रक्तदात संघ रुपन्देहीको सहकार्यमा बिहीवार परिषदको कार्यालय रामनगरमा ३५ युनिट रगत संकलन गरिएको सचिव ओम प्रकाश गुरुङले बताए ।

रक्तदान गर्ने रक्तदाता हरुलाई तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट बहादुर गुरुङले प्रमाणपत्रले वितरण गरिएको थियो । संकलित रगत नेपाल नियमित रक्तदाता संघलाई हस्तान्तरण गरिएको थियो ।