समाचार

रुपन्देहीमा भव्य रुपमा ल्होसार मनाउन तयारी

रुपन्देही । तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद जिल्ला समिती रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार भव्य रुपमा मनाउने भएको छ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा आज बसेको बैठकले हि ल्हो (बिरालो बर्ग) लाई बिदाई गर्ने र मु प्री ल्हो (गिद्ध बर्ग) लाई स्वागत गर्ने गरी पुस १५ गते शहरी विकासमन्त्री सीता गुरुङको प्रमुख आतिथ्यतामा कार्यालयको प्राङ्गण रामनगरमा बिबिध कार्यक्रमका साथ ल्होसार पर्व मनाउने सचिव ओम प्रकाश गुरुङ्ले बताए ।

त्यसैगरी पुस ५ गते बिहान ८ बजे जिल्ला कार्यालय परिषरमा पत्रकार सम्मेलन, ११ गते ८ बजे बिहान जिल्लाभर सरसफाई कार्यक्रम, १२ गते ८ बजे बिहान रक्तदान कार्यक्रम गर्ने भएको छ । त्यसैगरी १३ गते ८ बजे बिहान मानव सेवा आश्रम सुख्खानगरमा दान र जिल्लाभर साँझ ५ बजे दिपावली गरिने, १४ गते बिहान १० बजे बृहत् झाँकी सहितको शान्ती र्याली र इकाई स्तरको नृत्य प्रतियोगिता कार्यलयको प्राङ्गणमा गरिने र पुस १५ गते बिहान ११ बजे जिल्ला समिति कार्यालयको प्राङ्गणमा बृहत् ल्होसार सार्वजानिक समारोह बिबिध साँस्कृतिक कार्यक्रम छेलो प्रतियोगिता गरी भव्य किसिमले गुरुङ्हरुको महान पर्व पुुस १५ ल्होसार मनाउने तयारी भैरहेको मुल संयोजक अध्यक्ष बिमला गुरुङ्ले बताइन् ।