ब्यानर

हङकङ निवासी इन्दकाजी गुरुङले भद्रा घलेद्वारा लिखित २० हजारको किताब किनेर गुरुङ पत्रकारलाई दिए

काठमाडौं । हङकङ निवासी समाजसेवी इन्द्रकाजी गुरुङले लेखक भद्रकुमारी घलेद्वारा लिखित पुस्तक किनेर तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाललाई दिएका छन् ।

लेखक घलेले लेखेका २० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक किनेर तमू सञ्चारकर्मीलाई दिएका हुन् ।

अनामनगरमा रहेको घलेको पुस्तकालय महानगरपालिकाले भत्काइदिएपछि अहिले मैतीदेवीस्थित आफ्नै निवासको माथिल्लो २ तला थपेर पुस्तकालय निर्माण भइरहेको छ ।

सो पुस्तकालय निर्माणमा समेत सहयोग पुगोस भन्ने अभिप्रायले समाजसेवी इन्द्रकाजीले तमू सञ्चारकर्मीका लागि घलेद्वारा लिखित पुस्तक किनेका हुन् ।

घलेले २९० भन्दा बढी पुस्तक लेखेका छन् । अहिले पनि विभिन्न पुस्तक लेखेर प्रकाशनको तयारीमा छन् । घलेले लेखेका पुस्तकहरु सबै तमू संघसंस्थामा पुगोस भन्ने अभिप्रायले आफूले पुस्तक किनेको इन्द्रकाजी गुरुङले बताए ।

आफ्नो पुस्तक किनेर संस्थाहरुलाई दिने अभियान थालेकोमा लेखक घलेले इन्द्रकाजी गुरुङलाई धन्यवाद दिए ।