ब्यानर

जंगबहादुरविरुद्ध गुरुङ जमदारको विद्रोह

  • राजकुमार दिक्पाल

नेपाली इतिहासको पाना पल्टाउँदा गुरुङहरूलाई एक योद्धा जातिको रूपमा पाउन सकिन्छ। कप्तान किनलकको नेतृत्वमा नेपाल आक्रमण गर्न आएका अङ्ग्रेज सेनालाई ढुङ्ग्रेबासको युद्धमा दपेटेर धुलो चटाउने वंशु गुरुङ हुन् वा गाइनेको भेष धारण गरी पोखरा पुगेर पृथ्वीनारायण शाहका विरोधीलाई सिध्याउने झागल गुरुङ। पृथ्वीनारायण शाहको समयका यी दुईको नाम नेपालको इतिहासमा सूरबीर र पराक्रमीका रूपमा लेखिएको छ।

गुरुङहरूको यस्तो बहादुरी देखेर गोरखाली राजा पृथ्वीनारायण शाह पनि उनीहरूसँग खुसी थिए। उनले आफ्नो उपदेशमा मगरसँगै गुरुङलाई दिनुपर्ने जिम्मेवारीका बारेमा ुगुरुं मगर षानज्यादा भैयाद भारदार मिर उमराउ पुराना पुराना जाची घुँडा गौंडामा राषनु। पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ नदिनु। क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा बिथिति गराउछन्ु भन्ने उल्लेख गरेका छन् (बाबुराम आचार्य, ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य(उपदेश’ २०६१ः५५०।

राज्यले अह्राए खटाएर अनुसारको काम इमादारितापूर्वक फत्ते गर्ने विशेषता गुरुङहरुमा थियो भन्ने स्पष्टै छ। तर उनीहरुले बेला बेलामा राज्यसँग असहमति हुँदा त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको पनि नेपालको इतिहासमा उत्तिकै महत्त्वपूर्ण रहेको छ। जंगबहादुर राणाको जीवनको उत्तरार्द्धमा वि।सं। १९३३ को अन्तिमतिर गोरखा तथा लमजुङ क्षेत्रमा आफूलाई ुनौ सरकार बौद्ध बादशाहु घोषणा गरेर सुकदेव गुरुङले ठूलो विद्रोह मच्चाएको भुल्न सकिन्न। उनलाई कठोर यातना दिएर काराबासमा राखिदा कैदी अवस्थामै उनले शहादत प्राप्त गरे भने सुकदेवको उत्तराधिकारी बनेर सुपति गुरुङले विद्रोहलाई निरन्तरता दिएका थिए। तर विद्रोह दमनका लागि त्यसतर्फ खटिएका सरकारी सैन्यको आँखा छल्न सुपति बेपत्ता भए। विद्रोह पनि त्यतिकै स्थागित हुन पुग्यो।

सुकदेव र सुपतिले विद्रोह मच्चाएको २० वर्षअघि गुरुङ पल्टनको एक जमादारले निरङ्कुश शासक जंगबहादुरविरुद्ध ठूलै विद्रोह मच्चाउने गुप्त तयारी गरेका थिए। तर उनको विद्रोह सफल हुन पाएन। उनै गुरुङ पल्टनका जमादारले जङ्गबहादुरविरुद्ध गरेको विद्रोहबारे यो लेखमा चर्चा गरिएको छ।

यो लेख अन्नपूर्ण पोष्टबाट लिइएको हो । पूरा पढ्नका लागि यो लिंकमा जानुहोस–

https://annapurnapost.com/story/447028/