ब्यानर

नेपाल तमू(गुरुङ) बिद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला सम्पन्न

धादिङ । नेपाल तमू(गुरुङ) बिद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला सम्पन्न भएको छ । यसैसाता नेपाल तमू(गुरुङ) बिद्यार्थी छोंज धींको आयोजनामा धादिङमा सम्पन्न भएको हो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका  अध्यक्ष कर्ण बहादुर गुरुङकले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

२१ औं राष्ट्रिय पार्षद भेलाको अवसरमा  निम्न आर्थिक अवस्था र शारीरिक रुपले अशक्त तर  तेज दिमाग भएका बिद्यार्थीहरुलाई आधारभुत वा उच्च शिक्षा हासिल गराउने उदेश्यले तमू(गुरुङ) बिद्यार्थी छात्रवृत्ति शैक्षिक अक्षयकोष को लागि नेपालमा कम्तिमा १०० र विदेशमा कम्तिमा रु १ डलर अभियानको सुरुवात गरिएको  नेपाल तमू(गुरुङ) बिद्यार्थी छोंज धीं अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो।

२१ औं राष्ट्रिय पार्षद भेला संगै बागमती प्रदेश प्रथम सम्मेलनबाट अनिल गुरुङको अध्यक्षततामा १७ सदस्यीय बागमती प्रदेश समितिको गठन भएको छ । उपाध्यक्षमा सन्जु गुरुङ, सचिवमा सुमित गुरुङ लगायत १७ जना नयाँ कार्यासमिति गठन गरेको हो ।

नेपाल तमू(गुरुङ) बिद्यार्थी छोंज धींका अध्यक्ष विश्वराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा  तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय  महासचिव डम्बर गुरुङ, सचिब तथा युवा बिद्यार्थी प्रमुख जिएस गुरुङ, सचिब गोपाल गुरुङ, बागमती प्रदेश अध्यक्ष झमकराज गुरुङ, केन्द्रिय सदस्यहरु मिलन गुरुङ, गणेश गुरुङ, धादिङका अध्यक्ष शंकर गुरुङ, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष शंकर गुरुङ, तमुस्यो ह्युलका अध्यक्ष जमुना गुरुङ,  निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, निलकण्ठ नगरपालिका २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ, सोही नगरपालिका वडा १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, रुबिभ्याली गाउँपालिका ६ का समीर गुरुङ लगायतको उपस्तिथि रहेको थियो।