ब्यानर

तमू (गुरुङ) विद्यार्थी छोंज धीं बागमतीको अध्यक्षमा धादिङका अनिल तमू चयन

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका अनिल तमू चयन हुनुभएको छ ।

धादिङको सदरमुकाम धादिङवेशींमा प्रदेश प्रमुख लिल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले अनिल तमूको अध्यक्षतामा बागमती प्रदेश समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मकवानपुरकी सञ्जु गुरुङ, सचिवमा चितवनका सुमित गुरुङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा धादिङका निशान गुरुङ, काठमाण्डौंका सुजन गुरुङ, दोलखका माधव गुरुङ चयन हुनुभएको छ । यस्तै भेलाले कोषाध्यक्ष र बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय गरेको छ ।