ब्यानर

तमू विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला कार्तिक १८ र १९ मा धादिङमा हुने, तयारी पूरा

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने भएको छ । यहि कात्तिक १८ र १९ गते सदरमुकाम धादिङबेसीमा हुन लागेको हो । आज धादिङबेसीमा एक पत्रकार सम्मेलनको आयोजना गरि भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तमू  (गुरुङ)  विद्यार्थी छोज धींले जानकारी दिएको छ ।

धादिङमा गुरुङहरुको उल्लेख्य बसोबास रहेकोले पार्षद भेला धादिङबेसीमा आयोजना गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रीय समितिका अध्यक्ष विश्वराज गुरुङले बताए । पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूर्ण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको उनले बताए ।

भेला उद्घाटन अघि ‘तमु भेषभुषा तथा संस्कृति हाम्रो पहिचान, उत्पादन तथा रोजगारमुलक शिक्षा पद्धति हाम्रो अभियान’ भन्ने मुल नारा सहित धादिङबेसीको बजारमा तमु भेषभुषा तथा झाँकी सहितको ¥याली हुनेछ । पार्षद भेलामा देशभरबाट प्रतिनिधी सहभागी हुनेछन् ।