प्रवास

गुरुङन्यूज डटकमलाई तमु धीँ जापानको सहयोग

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालद्वारा सञ्चालित गुरुङन्यूज डटकम सञ्चालनमा सहयोगका लागि तमु धीँ जापानले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

तमु धीं जापानले गर्दै आएको २४औ र २५औ रोधीं साँझबाट संकलन गरेको रकममध्येबाट सो रकम गुरुङन्यूज डटकमलाई सहयोग गरिएको हो ।

होटल सोल्टीमा भएको भेटघाटका अवसरमा तमु धीँ जापाका अध्यक्ष रमेश कुमार गुरुङले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ (लाला) लाई रकम हस्तान्तरण गरेका हुन् ।

सो भेटघाटमा तमु धीँ जापानका पूर्वअध्यक्ष तथा संरक्षक श्री गुरुङ, सल्लाहकार अमृत प्रसाद गुरुङ, मनोज घले, संस्थाका मानार्थ सदस्यद्वय बिजेश थकाली र माइकल गौचन तथा तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्वअध्यक्ष तथा गुरुङन्यूज डटकमका संरक्षक–संयोजक डण्ड गुरुङको उपस्थिति थियो ।

२४औ र २५औ रोधीं साँझबाट संकलित रकमबाटै तमु धीं नेपालको नवनिर्मित भवनलाई १ लाख रुपैयाँ र म्युजियमलाई ५० हजार रुपैयाँ, धर्मकाय मण्डलालाई ६ लाख रुपैयाँ, बौद्ध अर्घौ सदन रामघाटलाई १ लाख रुपैयाँ, तमु कलाकार संघ केन्द्रलाई ५० हजार रुपैयाँ, तमु कलाकार संघ गण्डकीलाई ५० हजार रुपैयाँ, तमु सास्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।

सोही अवसरमा सञ्चारकर्मीले प्रकाशन गर्दै आएको गुरुङन्यूज डटकमको छापा संस्करण गुरुङ वर्ष पुस्तक अध्यक्ष लाला गुरुङले हस्तान्तरण गरेका थिए ।

सन् १९९५ मा स्थापित सो संस्थाले विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

यसअघि गुरुङन्यूज डटकम अनलाइन प्रकाशनका लागि तमुधिँ युकेको तर्फबाट १ लाख रुपैयाँ र हिरो अमेरिकाका अध्यक्ष कर्मा गुरुङबाट २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।