समाचार

तमू ह्युल छोंज धीं आँबुखैरेनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

तनहुँ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद आँबुखैरेनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । परिषद्ले शनिबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि साधरण सभा सम्पन्न गरेको हो ।

परिषद्का आँबुखैरेनी अध्यक्ष पूर्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देब बहादुर गुरुङ रहेको थियो भने विशिष्ट अतिथिको रुपमा तमु प्ये ल्हु संघ तनहुँका अध्यक्ष खेगी हस्तबिर गुरुङ रहेका थिए ।

यस्तै अतिथिहरुमा तमु प्ये ल्हु संघ तनहुँका उपाध्यक्ष खेगी धन बहादुर गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनीका संस्थापक अध्यक्ष एवं माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनीका अध्यक्ष काजिकुमार गुरुङ,  तमु प्ये ल्हु संघ आँबुखैरेनी इकाईका अध्यक्ष पृथ बहादुर गुरुङ, तमु समाज आँबुखैरेनीका अध्यक्ष नेपाल सिं गुरुङ, आँबुखैरेनीका जनप्रतिनिधि मिनशोभा गुरुङ, आदिबासी जनजाती महासंघ आँबुखैरेनीका कोषाध्यक्ष बिरु गुरुङ, तमुस्यो ह्युल छोंज धी आँबुखैरेनीका अध्यक्ष डोल्मा गुरुङ लगायतको सहभागिता रहेको थियो ।

साधारण सभामा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष कमल गुरुङ, बार्षिक प्रगति प्रतिबेदन वरिष्ठ उपाध्यक्ष शर्मिला घले, आर्थिक प्रतिवेदन कोषध्याक्ष रेशम बहादुर गुरुङले प्रस्तुत गरेको थियो भने कार्यक्रम संचालन सचिव राजेन्द्र गुरुङले गरेका थिए ।