ब्यानर

वीरयोद्धा शुकदेव गुरुङको शालिक बनाउन चन्द्रकला र मनबहादुर गुरुङले दिए साढे ५ लाख

धरान । वीर योद्धा शुकदेव गुरुङको शालिक अनावरण गरिएको छ ।

तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, सुनसरी शाखाको कार्यालयको प्राङ्गणमा अर्धकदको शालिक अनावरण गरिएको हो ।

धरान उपमहानगरपालिका १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले एक समारोहबीच सो शालिक अनावरण गरेका हुन् ।

शालिक स्थानीय समाजसेवी चन्द्रकला गुरुङ र मनबहादुर गुरुङले बनाइदिएका हुन् । शालिक बनाउन साढे ५ लाख रुपैयाँ लागेको आयोजकले बताएका छन् ।

इतिहासले बिर्सेको वीर सपूत सुकदेवलाई हामीले नसम्झे झन ओझेल पर्ने र वहाँहरुको देशभक्तिभावप्रति सम्मान गर्दै आफूहरुले शालिक बनाइदिएको चन्द्रकलाले बताए ।

कार्यक्रम तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सुनसरीका अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा भएको थियो ।