ब्यानर

विश्वका ८ हजारभन्दा अग्लो १४ हिमाल आरोहण गरेर विश्व रेकर्ड राख्दै तेजन गुरुङ

काठमाडौं । विश्वका ८ हजारभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्व रेकर्ड राख्ने तयारीमा स्याङ्जा स्थायी घर भई बेलायत बसोबास गर्ने तेजन गुरुङको तयारी छ ।

विश्वका ८ हजारभन्दा अग्ला १३ हिमाल आरोहण गरिसकेका तेजान यो साल १४ वटै हिमाल आरोहण गरी विश्व रेकर्ड राख्ने तयारीमा जुटेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा, के–२, धवलागिरी लगायतका १३ हिमालको सफलतापूर्वक आरोहण गरिसकेका तेजान अहिले अन्तिम हिमाल

शिशापाङ्गमाको बेसक्याम्पमा सफा मौसमको पर्खाइमा छन् । यो आरोहण सफल भएमा १४ वटा हिमाल आरोहण गर्ने सबभन्दा सानो उमेरको आरोहिको रेकर्ड तेजानको नाममा रहने छ ।

२७ मे २०२२ मा पहिलो पटक सगरमाथा हिमाल चढेका तेजानले २ अक्टुबर २०२३ मा मात्र छो–यु हिमाल आरोहण गरेका थिए ।

२८ वर्षीय तेजनको नेपालमा पुरानो घर स्याङ्जाको पेल्काचौर हो भने हाल नेपालमा रामघाट पोखरामा बसोबास छ । बेलायतमा बेजिङ्स्टोकमा बस्छन ।

६ जिआरका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक तेजबहादुर गुरुङ र शुकु गुरुङका छोरा हुन तेजन ।