गुरुङ विशेष

चितवनका तमू सञ्चारकर्मी हिरालाल गुरुङ सम्मानित

चितवन । चितवनको इच्छाकामना गाउँपालिका निवासी तमू सञ्चारकर्मी हिरालाल गुरुङ ‘युवा पत्रकार सम्मान’ बाट सम्मानित भएको छ । साप्ताहिक पत्रिका सञ्जाल चितवनको प्रथम अधिवेशनमा आज सञ्चारकर्मी गुरुङ ‘युवा पत्रकार सम्मान–२०८०’ बाट सम्मानित भएको हो ।

पत्रकार गुरुङ विगत १ दशक भन्दा बढि देखि इच्छाकामनाबाट प्रशारित इच्छाकामना एफ.एम. १०२।४ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत छन् भने राष्ट्रिय समाचार समिति ९रासस० मा हाईवे प्रतिनिधिको रुपमा कार्यरत छन् ।

यस्तै उनी तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल जिल्ला कार्यसमिति चितवनको उपाध्यक्ष हुन् भने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश कमिटिका सदस्य छन् ।