गुरुङ विशेष

बगर तमु समाजको ३०औं वार्षिक साधारणसभा

पोखरा । तमु धिं नेपाल अन्तर्गत रहेको क्षेत्रिय समाज बगर तमु समाजको शनिवार ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पोखरा बगर मानसडकस्थित बगर तमु समाजको वार्षिक साधारणसभाको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमु बगर तमु समाजले तमुहरुको एकता, कला सँस्कृतिको संरक्षण, सामुदायिक अधिकारका लागि शसक्त भुमिका खेल्दै आएको भन्दै प्रसंसा गर्नुभयो।

उहाँले अब तमुहरु थप एकतावद्ध भई आफ्नो अधिकारका लागि जागरुक भई उठ्ने, युवा वर्गलाई सामुदायिकता तर्फ आकर्षित गर्ने र शिक्षामा विशेष जोड दिई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

साधारणसभा सचिव शान्ति गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

बगर तमु समाजका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सचिव एवम सल्लाहकार देवीराज गुरुङ, पुर्व सहसचिव कृष्णबहादुर गुरुङ, आमा समिति अध्यक्ष गौसुवा गुरुङ, समाजका पुर्व अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार क्या. लालप्रसाद गुरुङ, सहकोषाध्यक्ष लालप्रसाद गुरुङ, व्यवसायी प्रेमबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत मन्तव्य र संचालन सचिव शान्ति गुरुङले गर्नुभएको थियो।