समाचार

लोकतान्त्रिक तमु संघ रुपा-५ मा गंगा गुरुङ

पोखरा । लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाउँपालिका वडा नं. ५ को प्रथम अधिवेशनले रामादीकी गंगा गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

अधिवेशनले उपाध्यक्षहरुमा बिकास गुरुङ र कृष्णमाया गुरुङ, सचिवमा रण बहादुर गुरुङ, उपसचिवमा कृष्ण बहादुर गुरुङ, कोषाध्यक्षमा रिना गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा सुनमाया गुरुङ, कुलबहादुर गुरुङ, सुस्मा गुरुङ, अशोक गुरुङ, हरिमाया गुरुङ, डिलमाया गुरुङ, सरिता गुरुङ, धनमाया गुरुङ र देवी गुरुङ रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष गंगा गुरुङले प्रतिवद्दता मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनको प्रमुख अतिथी नेकपा एमाले कास्की अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले उदघाटन गर्नुहुदै लोकतान्त्रिक तमु संघ सबै तमुहरुको आशा भरोसाको धरोहर बन्ने बताउनुभयो। अब तमुहरुले बिशेष गरि शिक्षा, संस्कृती, सामुहिकता र राजनितिक क्षेत्रमा जोड दिनुपर्ने उहाँको भनाई थियो। निर्वाचनमा अत्याधिक मत प्रदान गरेको रुपा र रुपा ५ को बिकाशमा बिशेष भुमिका आफ्नो रहने प्रमुख अतिथी गुरुङले बताउनुभयो।

लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाउँपालिका कमिटी अध्यक्ष सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङ, रुपा गाँउपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुव्वा गुरुङ, लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रिय सदस्री काशीमाया गुरुङ,एमाले सल्लाहकार परिसद सदस्य हस्तकुमार श्रेष्ठ, एमाले रुपा गाउँ कमिटी अध्यक्ष निलकण्ठ रेग्मी, नेपाल राष्ट्रिय भुपु सैनिक प्रहरी महासंघ रुपा अध्यक्ष क्या सन्त कुमार श्रेष्ठ, रुपा देउराली नेवा खल अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, नेकपा एमाले रुपा ५ कमिटी अध्यक्ष तिलक बहादुर अधिकारी, रुपा गाउपालिका वडा नं। ५ का वाडाध्यक्ष राजन खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मनबहादुर गुरुङ लगायत स्थानिय कलाकारहरुले बिबिध साँस्कृतिक प्रस्तुती गरिएको थियो भने संचालन सचिव खस बहादुर गुरुङ र स्वागत उपाध्यक्ष जसबहादुर गुरुङले गर्नुभएको थियो।