भाषा÷साहित्य

ललिता निवास प्रकरणमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङमाथि फरक व्यवहार भो : जनजाति महासंघ

महासंघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ललिता निवास प्रकरणमा जनजाति भएकै कारण व्यवसायी गुरुङ माथि फरक व्यवहार गरिएको प्रति आपत्ति प्रकट

काठमाण्डौ । अहिलेको चर्चित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका अध्यक्ष एवं व्यवसायी मिनबहादुर गुरुङलाई पक्राउ गरी हिरासतमा राखेर फरक व्यवहार गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद् सचिवालयले आपत्ति प्रकट गरेको छ । महासंघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ललिता निवास प्रकरणमा जनजाति भएकै कारण व्यवसायी गुरुङ माथि फरक व्यवहार गरिएको प्रति आपत्ति प्रकट गरेको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जग्गा बिक्री गर्न निर्णय गर्ने, गराउने मन्त्रीपरिषद् र निर्णयकर्ताहरूलाई अलग्गै राखेर आफ्नो रगत पसिनाले आर्जेको धन खर्चेर कानुन बमाजिम राज्यलाई राजश्व तिरेर जग्गा खरिद गर्ने व्यवसायी गुरुङलाई अपराधीलाई जस्तो व्यवहार गरेर पक्राउ गर्नु आपत्तिजनक रहेको जनाएको छ ।

हेर्नुस् विज्ञप्ती

0-02-06-02d860f5ba223ae0f9fa0002970280f8ef2d61d42716f1deed6f49979c70ecd4_31a5eb12d6b2999f.jpg