संस्कार–संस्कृति

काठमाडौंमा सुरु भयो स्यामा घलेक बुन्ने तालिम

काठमाडौं । तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला रास्ट्रिय परिषदले स्यामा घलेक बुन्न तालिम सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा सुरु भएको सो तालिम १५ दिनसम्म चल्नेछ ।

कार्यक्रमको उद्घाटन तमू हु्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भयो । भिममाया तमुस्योले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन महासचिव दलमाया तमुस्योले गर्नुभएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर उपाध्यक्षहरु धनमान गुरुङ, भगवती गुरुङ, इन्द्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरुले घलेक पहिचान भए पनि हराइसकेको र यसलाई सीप सिकेर उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम तमुस्यो ह्युल छोंज धींका केन्द्रीय उपाध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको थियो । घलेक बुनाई तालिम सबै जिल्लामा दिने लक्ष्य राखिएको छ । तमुस्यो ह्युलको ४७ जिल्लामा शाखा छ ।

तालिममा १५ प्रशिक्षार्थी छन् । भिममाया गुरुङ, निममाया गुरुङ र इनमाया गुरुङले प्रशिक्षण दिनुहुनेछ ।