गीत–संगीत

गुरुङ चलचित्र ‘पजे गोरे’ काठमाडौंमा प्रदर्शन

काठमाडौं । तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र ‘पजे गोरे’ (बाजे गोरे) बेलायत र पोखरापछि काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ ।

गत शनिबार राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रमबीच तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का निवर्तमान अध्यक्ष, वरिष्ठ समाजसेवी तथा बौद्धिक व्यक्तित्व रेशम गुरुङको प्रमुख आतिथ्यतामा पजे गोरे चलचित्र प्रदर्शन गरिएको हो । गुरुङ कल्चरमा आधारित आदिवासी जनजाति चलचित्रमा सर्वोकृष्ट अवार्ड जितेको पजे गोरे चलचित्र प्रदर्शनमा दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा निर्माता तथा निर्देशक गम ९गोरे० गुरुङ र प्रमुख अतिथि गुरुङले सहयोग पुर्‍याउने विभिन्न समाजका अध्यक्ष, प्रतिनिधिहरु र विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए । सम्पूर्ण संघसंस्था, समाज, समुदाय, कलाकार, पत्रकार तथा विभिन्न जनसमुदाय, आफन्तहरुको साथ र सहयोग, गरिमामय उपस्थितिप्रति चलचित्र निर्माण टिमले आभार र धन्यवाद व्यक्त गरेको छ ।

धेरै दर्शकले रूचाइएका फिल्म पजे गोरे निकट भविष्यमा चितवन, नवलपरासी, बुटवल, स्याङ्जा, दमौली, तनहुँ र पुनः पोखरामा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । यो फिल्म मुनाल फिल्मको ब्यानरमा निर्देशक भोज गुरुङ र गीत रचनाकार प्राध्यापक एकेन्द्र गुरुङ, संगीत स्वर तेजेन्द्र गुरुङको रहेको छ ।

चलचित्र बेलायतवासी गम गोरे गुरुङ (लेखन तथा निर्देशन), दिल घले, ज्ञाम गुरूङ र शिरी गुरुङले निर्माण गरेका हुन् ।