गुरुङ विशेष

भुजुङमा गुरुङ संग्रहालय

पर्यटकीय भुजुङ गाउँमा गुरुङ संग्रहालय निर्माण गरिएका छन् । संग्रहालयमा गुरुङ समुदायले जन्मदेखि मृत्यु संस्कारमा प्रयोग गरिने सामग्री राखिएका छन् । यहाँ खेतीपातीका लागि प्रयोग गर्ने औजार, पौराणिक हातहतियारदेखि हस्तकलाका सामग्री, पौराणिक ढिकीजाँतो, गुरुङ पोसाक लगाइएका मूर्ति निर्माण गरिएका छन् ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार पुर्ख्यौलीदेखि गुरुङ समुदायले प्रयोग गर्ने भाँडाकुँडा, दैनिक प्रयोगका औजार, हस्तकला सामग्री, पौराणिक कपडाहरू संग्रह गरिएको बताए । करिब ५ सय वर्ष पुरानो औजार तथा हातहतियार पनि यहाँ हेर्न पाइन्छ ।

क्व्होलासोंथर गाउँपालिका–४ भुजुङमा करिब ४ सय घर एकै ठाउँमा छन् । गुरुङ जातिको आदिमथलो क्व्होलासोंथर पतनपछि अन्नपूर्ण हिमालको फेदबाट झर्ने क्रममा भुजुङवासीले भुजुङमा ६० घर (कुरिया) जमाएको स्थानीय बताउँछन् । उनीहरूका अनुसार पहिलेका सामग्री नष्ट भए पनि संग्रहालयमा करिब ५ सय वर्ष अगाडिका सामग्री रहेको पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका गुरुङका अनुसार पौराणिक वस्तुलाई ऐतिहासिक रूपमा अध्ययनका लागि राख्न र पर्यटकलाई आकर्षित गराउन खोजीखोजी संग्रह गरिएको छ । केही सामान राख्ने तयारीमा छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले संग्रहालयले गुरुङ जातिको इतिहास र पहिचान जोगाउने बताए ।

गुरुङ समुदायको इतिहास लेखन तथा अध्ययन अनुसन्धानका लागि संग्रहालय एउटा अध्ययनस्थल भएको उनले दाबी गरे । ‘हामी हाम्रो समुदायको ऐतिहासिक वस्तुलाई देखाएर पर्यटन प्रवर्द्धन गर्न चाहन्छौं ।