काठमाडौं । स्वर्गीय डा हर्क गुरुङको १८औं स्मृति दिवसको अवसरमा तमू बौद्ध सेवा समितिले डा गुरुङको योगदानमाथि केन्द्रित रहेर अन्तरक्रिया गरेको छ। कार्यक्रममा वक्ताहरुले स्वर्गीय डा गुरुङको योगदान र प्रचार गर्नुपर्नेमा जोड दिएका थिए। नेपालको पहिलो पर्यटनमन्त्री, भूगोलविद्, लेखक, पर्वतारोहण एवं आदिवासी जनजातिका विज्ञ स्वर्गीय डा. गुरुङले यी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। ‘पछिल्ला कार्यक्रमहरुमा…