लण्डन । तमू प्ये ल्हु संघ युकेले बिहान ९ बजेदेखि परम्परागतरुपमा धार्मिक पूजा अर्चना गरेर मुप्री ल्होको बिदाइ र सप्रील्होको स्वागत गरेर ल्होसार मनाएको छ। जगत र मानव भलाइ अर्थात् स्वस्ती, शान्ति तथा समृद्धिको लागि खेगी गुरु (पच्यु) र क्ल्हेप्रीद्वारा छ्योप, पार्क र थासोँ त्हेँ (पूजा) गरेर ल्होसार पर्व मनाइएको हो। पूजापछि दर्शनार्थीहरुलाई प्हैरु लगाइदिएको…