गोरखा लाप्राकका युक्त गुरुङले चढे १२ दिनमा आठ हजार मिटरका ४ हिमाल

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त)ले १२ दिनमा आठ हजार मिटर उचाइका चार हिमालको सफल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका गुरुङले यो सिजनमा पाकिस्तानमा रहेको आठ हजार मिटरका चारवटा हिमाल आरोहण गरेका हुन् । गत जुलाई १७ मा ८ हजार ३५ मिटरको गेशब्रुम दुई, जुलाई २१ मा ८ हजार ८०…