प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड सुनार गुरुङ सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघले ३३औं वार्षिक साधारण सभाको अवसरमा गोरखा, लाप्राकका सुनार गुरुङलाई सम्मान गरेको छ । नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गुरुङलाई बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गर्नुभएको हो । ‘तपाईँ नेपालकै प्रथम अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथ प्रदर्शक बन्नु मुलुककै लागि उल्लेखनीय उपलब्धी हो, त्यसैले तपाईँलाई सम्मान…