काठमाडौँ : पूर्वअञ्चलाधीश स्वर्गीय रत्नबहादुर गुरुङको सम्झनामा प्रकाशित स्मृतिग्रन्थ ‘लोकप्रिय प्रशासक रत्नबहादुर गुरुङ’ को विमोचन भएको छ । पूर्वअञ्चलाधीश स्वर्गीय गुरुङको ९९औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा स्मृतिग्रन्थ ‘लोकप्रिय प्रशासक रत्नबहादुर गुरुङ’ को विमोचन भएको हो । गण्डकी विश्वविद्यालयका कुलपति डा.गणेशमान गुरुङ, नेपाल राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ र…