ब्यानर

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन गुरुङ

तनहुँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवन इच्छाकामनाका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो।

नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचिवमा विकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन विभाग प्रमुख सविन तमू, प्रचारप्रसार सचिव प्रमुख मनोज तमू, भाषा, साहित्य र सांस्कृतिक तथा अतिरिक्त विभाग प्रमुख ईशा गुरुङ विदेश विभाग प्रमुख सोम तमू, आइटी विभाग सुमित तमू, शैक्षिक विभाग प्रमुख बुधराम तमू, प्रशिक्षण तथा अनुशासन विभाग प्रमुखमा गोविन्द तमू निर्वाचित भएका छन्।