ब्यानर

प्ये ल्हु संघको पच्यु समितिमा कुलप्रसाद क्रोम्छें, पैंडी समितिमा देवबहादुर टुक्ल्हेप्री

पोखरा । तमू प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिमा कुलप्रसाद क्रोम्छें तमू तमू प्ये ल्हु संघका अध्यक्ष ओमबहादुर थिम्जे तमूको प्रमुख आतिथ्यतामा सम्पन्न तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समिति र पैंडी समितिको दोस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो।

निर्वाचन मण्डलकी संयोजक अधिवक्ता जुनाकुमारी गुरुङका अनुसार पच्यु पैंडी कुलप्रसाद क्रोम्छें तमू पुनः अध्यक्षमा दोहोरिएका हुन्। २७ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा ठउवा च्हाक्ली तमू (कास्की), द्वितीय उपाध्यक्षमा जमनसिङ ल्हेंगे तमू (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा नारायणकाजी ल्हेंगे तमू (कास्की), सचिवमा रामबहादुर च्हम्रु तमू (पर्वत), कोषाध्यक्षमा डिलप्रसाद ल्हेंगे तमू (स्याङ्जा) र सहकोषाध्यक्षमा जयबहादुर ल्हेंगे तमू (तनहुँ) चयन भएका हुन्।

सदस्यहरुमा कास्कीबाट मीमप्रसाद ङोप्छें तमू, अमरजङ क्रोम्छें तमू, बुद्धिबहादुर ल्हेंगे तमू, तेजप्रसाद ल्हेंगे तमू, लालबहादुर थिम्जे तमू, भीमबहादुर क्रोम्छें तमू, जगत गरब्जा तमू, रामबहादुर ल्हेंगे तमू, छविलाल ल्हेंगे तमू, यामबहादुर क्रोम्छें तमू चयन भएका छन्।

यस्तै स्याङ्जाबाट डिलाल्हेंगे तमू, पोलाल क्रोम्छें तमू, अमर क्रोम्छें तमू, थमनसिंह ल्हेंगे तमू, रिमन ल्हों तमू, कुलप्रसाद ल्हेंगे तमू र ओमप्रकाश च्हम्रु तमू चयन भएका छन् भने तनहुँबाट कोषप्रसाद ल्हेंगे तमू र भोजराज क्होला तमू चयन भएका छन्।

सल्लाहकारमा भने तनहुँबाट नरबहादुर ल्हेंगे तमू र कास्कीबाट यारजंग क्रोम्छें तमू चयन भएका निर्वाचन मण्डलकी संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले जानकारी दिइन्।

पैंडी समितिमा देवबहादुर टुक्ल्हेप्री 

तमू प्ये ल्हु संघ, केन्द्रीय पैंडी समितिको अध्यक्षमा भने देवबहादुर टुक्ल्हेप्री तमू सर्वसम्मत चयन भएका छन्। १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ठौबहादुर च्हाक्ली तमू (स्याङ्जा), सचिवमा योमबहादुर म्होब्जे तमू (कास्की), सहसचिवमा नेत्रबहादुर प्हच्यु तमू (तनहुँ) र कोषाध्यक्षमा यमान ल्हों तमू (स्याङ्जा) सर्वसम्मत चयन भएका छन्।

सदस्यहरुमा शरण ल्हेंगे तमू (कास्की), चुनबहादुर प्ल्हें तमू (कास्की), हस्तवीर टुक्ल्हेप्री तमू (तनहुँ), लोकबहादुर टुक्ल्हेप्री तमू (कास्की), राम च्हम्रु तमू (पर्वत), अमरजंग क्रोम्छें तमू (कास्की), तु बहादुर टुक्ल्हेप्री तमू (तनहुँ) र रुकबहादुर तमू (नवलपुर) सर्वसम्मत चयन भएका छन्।

सल्लाहकारहरुमा पच्यु पैंडी यारजङ्ग क्रोम्छें तमू, तेजबहादुर म्होब्जे तमू, कुलप्रसाद क्रोम्छें तमू, डिलप्रसाद ल्हेंगे तमू र लिलप्रसाद कुप्छे तमू चयन भएका छन्।