प्रवास

तमु समाज युकेले धुमधामसाथ मनायो १७औ वर्षगाँठ

लन्डन । तमु समाज युकेले १७औं वर्षगाँठ मनाएको छ । संस्था स्थापनाको १७ वर्ष पुगेको अवसरमा समाजले सेप्टेम्बर २८ शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग वर्षगाँठ मनाएको हो ।

तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बढी तामझाम नगरी पारिवारिक माहोलमा समाज घरमा वार्षिकोत्सव मनाउने निर्णय गरेअनुसार यसरी मनाएको हो । उक्त उत्सव शनिबार बेलुका ६ बजेदेखि सुरू भएर राति ११ बजे समापन भएको थियो ।

औपचारिक कार्यक्रम शुभारम्भ हुनुपूर्व सहभागीले रारा क्याटरिङद्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएका थिए । त्यसपश्चात् बाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव सुब घलेले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

समाजका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको सभापतित्वमा भएको कार्यक्रममा दि मेयर अफ रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट प्रमुख अतिथि थिए ।

समाजका सल्लाहकार काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ उनकी धर्मपत्नी जयन्ती गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उनकी धर्मपत्नी तथा उपाध्यक्ष मिरा गुरुङ, उपाध्यक्षहरू भीमबहादुर गुरुङ, केदार गुरुङ आमा समूहकी अध्यक्ष विमला गुरुङ, गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङका साथै उनकी धर्मपत्नी चीनू गुरुङ, तमु प्येल्हु सङघ यूकेका पूर्वअध्यक्ष सोम गुरुङ उनकी धर्मपत्नी बबित गुरुङलाई आसन ग्रहण गराइएको थियो ।

यसैगरी, सल्लाहकार तथा तमु धीं यूकेका पूर्वअध्यक्ष सुव सिङ गुरुङ बीईएम, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक अध्यक्ष ले।रि। थमप्रसाद गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार रेणुमाया गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार च्भतम(ीत पञ्चबहादुर गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाकार सुश्री बिजु गुरुङ ज्यु, पूर्व कोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ ज्यु, पूर्व उपाध्यक्ष तथा सल्लाहकार हर्क गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्यप्रसाद गुरुङ, सल्लाहकार अन्य सल्लाहकारलाई पनि आसनग्रहण गराइएको थियो ।

अध्यक्ष बिन्दु कुमारी गुरुङ, प्रमुख अतिथि रानाभाट, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ र युवा समूहका प्रजुल गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष भीम गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तव्य राखे । तमु समाज यूकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले।रि थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तमु समाज यूकेले समाजका सदस्यहरूले अन्य संस्थामा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गरे । सम्मानित हुनेहरूमा गोरखा जिल्ला तमु समाज यूकेको अध्यक्ष टेकमान गुरुङ थिए । तमु समाज यूकेको अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।

समाजलाई पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै तीन जना सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा भद्र कुमारी गुरुङ, बिजयता गुरुङ र लक्ष्मी गुरुङ रहेका छन् । अध्यक्ष बिन्दु घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए ।

अन्य संघसंस्थाबाट तमु प्येल्हु सङघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र उनकी धर्मपत्नी बबिता गुरुङलाई अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले बिशिष्ट सम्मानपत्र, खादा, फेटा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए ।

रारा क्याटरिङको स्वादिष्ट भोजनको आनन्द लिँदै अध्यक्ष , प्रमुख अतिथि, काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ उपाध्यक्ष मिरा गुरुङ, पूर्व अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ महासचिव सुब घले आदिले संयुक्त रूपमा केक काट्ने र स्याम्पेन फोरेर खुसीयाली मनाएका थिए ।

महासचिव सुब घलेले समाज घरको आर्थिक सहयोगका लागी दान दिने चन्दादाताको नाम सुनाएका थिए । पूर्व उपाध्यक्ष तथा सल्लाहकार Retd-Lt पञ्चबहादुर गुरुङ तथा पूर्व उपाध्यक्ष तथा सल्लाहकार रेणुमाया गुरुङले १००० पाउन्ड, तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ तथा श्रीमती बबिता गुरुङले ११११ पाउन्ड र गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङ तथा उनकी धर्मपत्नी चीनू गुरुङले १००५ पाउन्ड सहयोग गरेको विवरण सुनाएका थिए । उनीहरूलगायत सबै चन्दादातालाई धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि र अध्यक्षले धन्यवाद मन्तव्य राखेपछि कार्यक्रम समापन भएको थियो । कार्यक्रममा समाजका युवा समूहबाट नृत्यांगना सुमिना गुरुङ र शुमी गुरुङले भरपुर मनोरञ्जन दिलाएका थिए । डिजे युवा सदस्य प्रज्वलमान गुरुङको साउन्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपुर मनोरञ्जन लिँदै कार्यक्रम सकिएको थियो ।