गुरुङ विशेष

सुर्यमुखी तमु समाजमा तमु धिं नेपालको घुम्ती बैठक, जिफानलाई १ लाख ५ हजार सहयोग

पोखरा । तमु धिं नेपालले आफ्नो मासिक घुम्ती बैठक पोखरा माहानगरपालिका वडा नं. ३० स्थित सुर्यमुखी तमु समाजमा शुक्रवार सम्पन्न गरेको छ ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले तमु एकता वार्तालाई इमान्दारीपुर्वक अघि बढाउने छिटो टुंगोमा पुर्याउन तमु धिंको तर्फबाट पहल गर्न्र, तमु धिं नेपालको मुखपत्र तमु सुँ प्रकाशनका लागि लेख रचना र बिज्ञापन संकलन समिति गठन, एस इ इ उतिर्ण तमु बिद्यार्थीलाई बधाई एवम प्रशिक्षण कार्यक्रम साथै स्वास्थ्योपचारका लागि बिरामीहरुलाइ साउन ५ सहयोग रकम बितरण गर्ने लगायतका निर्णय गरेको छ। यसरी नै तमुहरुको राजधानी पोखरामा तमुहरुको विश्व सम्मेलन गर्न बैठकका सहभागीहरुले बिषय उठान गरेका थिए ।

यसैबिच गुरुङ फिल्म एसोशियसन नेपाल जिफानको जग्गा खरिद तथा भवन निर्माण सहयोगार्थ तमु धिं नेपालको तर्फबाट अध्यक्ष हुम बहादुर गुरुङ लगायतले जिफान अध्यक्ष गुन्जबहादुर गुरुङलाई १ लाख ५ हजार रुपैयाको चेक हस्तान्तरण गरे ।

बैठकमा जिफान अध्यक्ष गुन्ज गुरुङ, सुर्यमुखी तमु समाजका अध्यक्ष सुबेदार दलबहादुर गुरुङले स्वागतसहित समाजको स्थापनादेखि वर्तमानसम्मको जानकारी, संस्थापक अध्यक्ष कप्तान प्रेमबहादुर गुरुङ, तल्कालिन लेखनाथ नगरपालिका उपमेयर गोपालमान गुरुङ, बाझापाटन तमु समाज अध्यक्ष कृष्ण बहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिति अध्यक्ष रमेश गुरुङ लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा तमु धिंका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले संचालन गरेका थिए ।

कार्यक्रममा सुर्यमुखी तमु समाजको तर्फबाट मौलिक सांस्कृतिक प्रस्तुतिसहित स्वागत एवम मनोरन्जन दिलाएको थियो भने परम्परागत खानाको परिकारको स्वाद बैठकका सहभागीहरु दिलाएको थियो।