हङकङमा जिफाह साँझ–२ सम्पन्न भएको छ। गुरुङ गीतसंगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला–संस्कृतिलाई विश्वभरी प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।
गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसिएशन हङकङ (जिफाह)ले याउ मा तेई कम्युनिटी हलमा जिफाह साँझ आयोजना गरेको हो।
संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङ फिल्म एसोसिएशन नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले गुरुङ समुदायका चलचित्रकर्मीले जहाँ गए पनि, जहाँ रहे पनि आफ्नो भाषा, कला र संस्कृति भुल्न नहुनेमा जोड दिए।
गुरुङ फिल्म एसोएिसशन नेपाल (जिफान)का अध्यक्ष राजबहादुर गुरुङ (राजेश)ले जिफाहले गरेका कार्य उत्कृष्ट रहेको प्रतिकृया दिए।
जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सल्लाहकार दिलीपसिंह गुरुङ, तमू ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, तमू प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, तमू समाज हङकङका अध्यक्ष नरेन्द्रराज गुरुङ (आरेन्द्र), प्रदेश नं. १ तमू समाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङ, कार्यक्रमका मुख्य प्रायोजक राम गुरुङ, वरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा, जिफाहका सल्लाहकारहरुलगायत हङकङमा स्थापना भएका ७० भन्दा बढी नेपाली तथा गुरुङ संघ–संस्थाहरुलाई निमन्त्रणा गरिएको थियो।
- चलचित्रकर्मीलाई सम्मान
परदेशमा रहेर पनि गुरुङ समुदायको भाषा, भेषभुषा तथा कला–संस्कृतिलाई संरक्षण एवं सम्वर्द्वन गर्न गुरुङ चलचित्रको माध्यमबाट निरन्तररुपमा दिएको योगदानको उच्च कदर गर्दै जिफाहका संस्थापक अध्यक्ष एवं कलाकार रोशन गुरुङलाई अभिनन्दन–पत्रद्वारा सम्मान गरिएको थियो।
जिफाहका संस्थापक उपाध्यक्ष, लेखक, निर्देशक एवं कलाकार गणेश गुरुङ (सुवाश) र गुरुङ चलचित्र निर्माता एवं समाजसेवी राम गुरुङलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो।
जिफाह साँझ–२ मा नेपालबाट कोरियोग्राफर साजन गुरुङ, कलाकारहरु उषा गुरुङ, मनोज गुरुङ, आनन्द गुरुङ, अनुसा गुरुङ, अन्जु गुरुङ उपस्थित थिए। अमेरिकाबाट नायिका तथा निर्माता एन्सर्ज गुरुङ, अष्ट्रेलियाबाट नायक विश्वत्मा गुरुङ सहभागी थिए।
हङकङबाट मनोज गुरुङ, रोशन गुरुङ, गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, सुनिता गुरुङ, मुस्कान गुरुङ, प्रिया गुरुङ, सिर्जना गुरुङ (ए), सिर्जना गुरुङ (बी), संगीता गुरुङलगायतका कलाकर्मीहरुको उपस्थिति थियो।
कार्यक्रममा गीत, संगीत, नाटक र लोक–पौराणिक नृत्यमार्फत गुरुङ समुदायले बाह्रै महिना मान्दै आइरहेको मौलिक पर्व तथा संस्कार–संस्कृतिहरु झल्किने प्रस्तुति पस्केका थिए।