काठमाडौं । नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) को अन्तिम नतिजा सार्वजनिक भएको छ । ६६ जनाले उत्तीर्ण गरेको सो परीक्षामा गुरुङ समुदायका दुई जना छन् ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार २०८० मंसिर १५ गते आह्वान गरिएको दरखास्तअनुसार पदिक तथा विल्लादार अधिकृत अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।
प्रकाशित नतिजाअनुसार दुर्गबहादुर गुरुङ र मनोज गुरुङ छन् ।
उत्तीर्ण भएका उम्मेदवारहरुलाई यही असार ३१ गते बिहान ११ बजे जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालयको ग्राउण्डमा सम्पर्क गर्न सूचित गरिएको छ ।