कभर स्टोरी

फेदीखोला तमू समाज स्याङ्गजाको आयोजनामा १ महिने तमू मातृभाषा तथा खेमा लिपि प्रशिक्षण सकियो

स्याङ्गजा । स्याङ्गजाको फेदिखोलामा तमू मातृभाषा तथा खेमा लिपिको १ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फेदीखोला गाउँपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा फेदीखोला तमू समाज स्याङ्गजाको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

समाजका अध्यक्ष सुबेदार युग बहादुर गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश सभा सद्स्य तथा निवर्तमान सामाजिक विकाश मन्त्री माननीय सीता कुमारी सुन्दास को प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।

कार्यक्रमलाई प्रमुख अतिथि मन्त्री सीता कुमारी सुन्दासले सम्बोन्धन गर्दै स्थानीय समुदायको भाषा जोगाउनुलाई संघ,प्र देश र गाँउपालिका तिनै तहको सरकार मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले फेदीखोला गाउँपालिकाले सधैं गुरुङ समुदायलाई अग्रपंक्तिमा राखेको र तमु भाषा तथा खेमा लिपिमा समेत पालिकाको सहयोग भएकोमा अभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि रहनुभएका फेदिखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले गुरुङ समुदायको भाषा संसकार सस्कृती जगेर्ना गर्नको लागि पालिका सदा सकारात्मक छ रहेको र रहने प्रतिबद्धता जनाउनुभयो साथै उहाँले हामी गुरुङहरु रमाइलोमा मात्र भुलेर होइना शिक्षा र राजनितीमा समेत चेतना बढाउनुपर्ने बताउनुभयो भने अर्का विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले हाम्रो आमा, दिदी, बैनीले घर चुलोबाट बोलिदिनु भयो भने हाम्रो भाषा बच्ने बताउनुभयो । साथै उहाँले भाषा संस्कार जोगाउन गण्डकी प्रज्ञा प्रतिस्ठानबाट सधै सहयोग रहने बताउनुभयो ।

यसैगरी भाषा प्रशिक्षक भिम गुरुङले खेमा लिपि लाई तमु ह्युल छोंज धींले अन्तरास्ट्रिय तमु सम्मेलनबाट पारित गरिसकेको बताउनुभयो । साथै उहाँले खेमा लिपि मोबाइल एपमा चलाउन सकिने बताउनुभयो भने यसले स्वदेस विदेशमा रहेका सम्पुर्ण तमु समुदाय लाई सहज हुने बताउनुभयो ।

१ महिनासम्म चलेको तालिमा २५ जना प्रशिक्षार्थीहरु सहभागी थिए भने उनीहरु मध्यबाट कन्या गुरुङ प्रथम, जुली गुरुङ, द्वितीय र प्रयत्न गुरुङ तृतीय भएका थिए । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक भिम प्रसाद गुरुङ र गिरमाण गुरुङले प्रशिक्षण दिनुभयो थियो ।

समापन कार्यक्रममा तमूस्यो ह्युल छोंज धींका सदस्य सरिता तमूस्यो र समाजसेवी प्रेम बहादुर गुरुङले भाषाको महत्वका विषयमा मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य भिम कुमारी गुरुङ र कार्यक्रम संचालन मोहन गुरुङले गर्नुभएको थियो ।